दाङ, साउन २३ । महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सदस्यको परिवारलाई बिमा रकम प्रदान गरेको छ ।
सल्यानको कालिमाटी गाँउपालिका वडा नम्बर ३ का सदस्य स्वर्गीय शोभा खत्रीको परिवारलाई बीमा राकम उस्ले प्रदान गरेको छ ।
संस्थाको कालिमाटी शाखाले वुधवार खत्रीको घरमै पुगेर बीमा बाफतको ४ लाख ४८ हजार रुपैंया प्रदान गरेको कालिमाटी शाखाका प्रमख प्रदिप नेपालीले जानकारी दिए ।
खत्रीको परिवारका सदस्यलाई नायव प्रबन्धक अनिल अधिकारीले हस्तान्तरण गरेका हुन ।
प्रकाशित मिति : २०७७ साउन २३ गते शुक्रवार