दाङ, साउन २३ । नेपाली काँग्रेसका स्वर्गिय नेता तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काका पुत्र अनुराग खड्काले देउखुरीमा स्वास्थ्य सामाग्री वितरण थालेका छन् ।
निर्वाचन क्षेत्र नं. १ का बढी सेवाग्राहीको भिडभाड हुने सरकारी कार्यालयदेखि सबै संघ संस्थाहरुमा उनले मास्क, स्यानीटाइजर, ज्वरो नाप्ने थर्मल गन लगाएका सामाग्री प्रदान गरिरहेका छन् ।
त्यसमा खड्काले व्यक्तिगत तीन लाख जति खर्च गरेका छन् भने अन्य १३ लाख विभिन्न व्यक्ति तथा उद्योगीले सहयोग गरेको खड्काले बताए ।
अन्य सहयोग नेपाली काँग्रेसका नेता तथा पूर्व सञ्चचार मन्त्री मोहनबहादुर बस्नेत, काँग्रेस नेतृ डा. आरजु देउवा राणा, डिबी ग्रूपका करणप्रशाद शाह, लायन्स क्लवका शम्भुप्रशाद घिमिरे दिएको खड्काले जानकारी दिए ।
ती स्वास्थ्य सामाग्रीहरु नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, विद्युत कार्यालय, खानेपानी , मालपोत तथा नापी कार्यालय, स्वास्थ्य चौकीहरु, स्थानीय गाउँपालिका तथा वडा कार्यालय, र कोईलाबास नाका क्षेत्रमा समेत समेत वितरण गरिने खड्काले बताए ।
उनले कोरोना भाइरसको महामारीबाट बञ्च सबैले सावधानी अपनाउनु पर्छ भन्ने सन्देश प्रवाह हुन आवश्यक रहेको बताए ।