२०८२ बैशाख ७ गते शनिवार

घोराहीमा कुलोमा डुवेर दूई बालकको मृत्यु

तुलसीपुर, साउन २३ । दाङको घोराहीमा शुक्रवार विहान कुलोमा डुवेर दूई बालकको मृत्यु भएको छ।

घोराही उपमहानगरपालिका वडा नं. १६ निवासी राजु चौधरीको छोरा ७ बर्षको आयुश चौधरी र सोही ठाउँकै दिनेश चौधरीको छोरा निशान चौधरीको कूलोमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले जानकारी दिए ।

डिएसपी खड्काका अनुसार दुबै बालक शुक्रवार विहान साढे ९ बजेतिर खेल्ने क्रममा स्थानीय कुलोमा डुबेका थिए । अचेत अवस्थामा फेला परेका उनीहरुलाई अस्पताल लैजादै गर्दा बाटो मै मृत्यु भएको प्रबक्ता खड्काले जानकारी दिए ।

यो खवर तयार पार्दै गर्दा पोष्ट मार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।

घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ साउन २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *