२०८१ चैत्र ९ गते शनिवार

बलात्कार मुद्दाका आरोपित खानेपानीका कर्मचारी पाण्डे डेढलाख धरौटीमा छुटे

तुलसीपुर, साउन, २३ । बलात्कार मुद्दाका आरोपित हरि पाण्डे डेढ लाख धरौटीमा छुटेका छन् । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका एक कर्मचारी ५२ बर्षीय पाण्डेलाई प्रहरीले बुधवार कार्यालयवाटै पक्राउ गरेको थियो । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौरा निवासी पाण्डे जिल्ला अदालतको आदेशमा डेढलाख धरौटी बुझाएर विहीवार रिहा भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

तुलसीपुर ६ बरुवागाउँ निवासी ३३ बर्षीया एक महिलाले पाण्डेले आफुलाई बलात्कार गरेको भन्दै गत फागुनमा प्रहरीमा उजुरी दिएकी थिइन । त्यतिबेलादेखि पाण्डे फरारको सूचिमा थिए । बुधवार मात्रै प्रहरीले आरोपित पाण्डेलाई पक्राउ गरेको थियो । पीडित भनिएकी महिलाले २०७५ साल बैशाख २९ गते राति एयरपोर्ट नजिकै एक घरमा मदिराले मातेर पाण्डेले आफुमाथि जवरजस्ती बलात्कार गरेको आरोप लगाउँदै फागुन २१ गते उजुरी दिएकी थिइन ।

एयरपोर्ट नजिकै घर भएकी निर्मला डाँगीको घरमा पाण्डेले आफुलाई बलात्कार गरेको भन्ने जाहेरीको आधारमा प्रहरीले डाँगीलाई निवेदन परेको फागुन ३० गते पक्राउ गरेको थियो । ती महिलापनि यस अघि नै धरौटीमा रिहा भइसकेकी छन् ।

पीडित महिलाका अनुसार उक्त दिन डाँगीले आफु एक्लै भएको भन्दै रातिमा आफ्नो घरमा बास बस्नका लागि निम्त्याएकी थिइन । त्यसपछि पाण्डे र डाँगीले मदिरा सेवन गरे । रातिमा एक्कासी डाँगी बाहिर निस्केर बाहिरवाट चुक्कुल लगाइ दिइन । त्यसपछि पाण्डले जवरजस्ती आफुलाई बलात्कार गरेको पीडित महिलाले जोहरीमा उल्लेख गरेकी छन् ।

प्रकाशित मिति : २०७७ साउन २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *