साउन २२ । नेपालमा बिहिबार ३६० जना कोरोना संक्रमित थपिएका छन । ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । सक्रिय संक्रमितको संख्या भने ६ हजार २९६ रहेको छ । आज मात्रै २३३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय ८९ पुगेको छ ।नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ६५ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : २०७७ साउन २२ गते बिहिवार