२०८१ फाल्गुन ६ गते मङ्गलवार

नेपालमा बुधवार कोरोनावाट ५ जनाको मृत्यु


दाङ, साउन २१ । नेपालमा बुधवार कोरोना भाइरसबाट पाँच जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा एकैदिन यतिधेरै मानिसको मृत्यु भएको थिएन । बुधवार काठमाडौंमा एक जना र मोरङ र पर्सामा दुई÷दुई जनाको मृत्यु भएको छ । काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गराई रहेका एक जना सर्लाही मलंगवा नगरपालिका वडा नं. ६ की ६५ वर्षीया वृद्धाको बुधबार मृत्यु भएको छ ।

त्यस्तै मोरङका दूई जना ४५ बर्षीय पुरुषेको कोसी अस्पतालमा मृत्यु भएको हो। उनीहरूमा मृत्युपछि मात्रै कोरोना पुष्टि भएको थियो । मृतक मध्य एक जना रंगेली र अर्का विराटनगर महानगरपालिका वडा नं. ९ का बासिन्दा हुन ।

बुधबार नै पर्साका पनि दुई जना व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । एकजना १८ बर्षीया किशोरी र अर्का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।पर्सा पोखरीयाकी किशोरीको मृत्युपछि संक्रमण पुष्टि भएको थियो । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

प्रकाशित मिति : २०७७ साउन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *