सुवाश डिसी,
सुकौरा, साउन २१ । एतिहासिक दंगिशरण दरबारमा नबनिर्मित दंगिशरण राजाको शालिकको अनावरण गरिएको छ । बुधवार शालिकको अनावरण गरिएको छ । प्रदेश नम्बर ५ को करिव २५ लाख बजेटबाट तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ स्थित सुकौराकोट प्राचिन दरबार क्षेत्रको परिशरमा पार्क तथा शालिक स्थापना गरिएको छ
पार्कको बीच भागमा हालसालै निर्माण गरिएको दंगिशरण राजाको शालिकको प्रदेश ५ का पर्यटन मन्त्री लिला गिरीले उद्घाटन गरेका हुन ।वडाध्यक्ष चित्रबहादुर वलीको अध्यक्षतामा भएको शालिक अनावरण कार्यक्रममा प्रदेश ५ का सार्बजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरी, संविधान सभा सदस्य बुद्धिराम भण्डारी लगायतले मनतब्य व्यक्त गरेका थिए ।
प्राचिन दंगिशरण थारु राजाको दरवारलाई दाङको एैतिहासिक पर्यटकीय स्थलको रुपमा विकाश गर्न सबैले भूमिका खेल्न आवश्यक हरेको उनीहरुले बताएका थिए । थारु जातिको इतिहास,सास्कृति मात्रै नभएर समग्र नेपालकै महत्व इतिहास बोकेको दंगिशरण दरबारको उचित प्रचार प्रशार र विकाश हुन नसकेको प्रति उनीहरुले गुनासो पनि गरे ।
शालिक अनावरण कार्यक्रममा स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण पर्यटन मन्त्रालयका सुचना अधिकृत शेषदत्त चौधरीले गरेका हुन ।