यमकला भुसाल,
तुलसीपुर,साउन २१ ।तुलसीपुरमा बुधवार दूईसय जनाको नमुना संकलन गरिएको छ ।समुदाय स्तरमा कोरोना भाइरस संक्रमण भए÷नभएको परीक्षण गर्न नुमना संकलन गरिएको हो । तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडा भित्रका बिभिन्न टोलबासी, चिकित्सक, होटल व्यवसायी,यातायात मजदुर,चिकित्सक÷ स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुको पिसिआर परीक्षणको लागि नमुना संकलन गरिएको कोरोना तुलसीपुरका फोलक पर्सन विमल केसीले जानकारी दिए ।
बुधवार माध्यामिक बिद्यालय सेन्टर तुलसीपुर क्वारेन्टाईनमा बसेका ४७ जना र बिभिन्न टोल बस्ति र पेशामा आबद्ध रहेका समेत गरि दूई सय बढीको नुमना संकलन गरिएको फोकल पर्सन केसीले बताए ।कोरोना भाइरसको बढी जोखिम देखिएका १० स्थानीय तहमध्ये ५ स्थानीय तहमा नमूनाका रुपमा समुदाय स्तरमा नमुना संकलन गरिएको स्वास्थ्यकर्मी लेखनाथ न्यौपानेले बताए ।
संकलिन नमुना बिहीवार नेपालगञ्ज पठाइने भएको छ । नुमनाको रिपोर्ट आउन ३÷४ दिन जति लाग्ने अनुमान गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख सुनिता पौडेलले तुलसीपुर, घोराही, लमही, गढवा र राप्ती गाउँपालिकालाई छनौट गरेर सर्वसाधारणको नमुना संकलन गरेर पिसिआर परीक्षणको लागि पठाउन लागिएको हो । दाङमा हाल २३ जना मात्रै कोरोना संक्रमित रहेका छन् । उनीहरु सबैको अवस्था सामान्ने छ ।