२०८१ जेष्ठ ११ गते शुक्रवार

वन तथा वातावरण संरक्षणमा उत्कृष्ट कार्य गर्ने १० जना सम्मानित

दाङ, साउन २१ । डिभिजन वन कार्यालय दाङले यस वर्ष वन तथा वातावरण संरक्षणका क्षेत्रमा उल्लेखनीय योगदान गर्ने १० जना वन संरक्षणकर्मी तथा कर्मचारीलाई सम्मान गरेको छ ।

प्रदेश ५ का वन तथा वातावरण मन्त्री लिला गिरी र डिभिजन वन कार्यालय दाङका डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले वन तथा वातावरण संरक्षणमा उल्लेख्य योगदान पुर्याएका र कार्यालयका काम नागरिकको गुनासोरहित बनाएको भन्दै कर्मचारी र वन संरक्षणकर्मी सम्मानित भएका हुन् ।

सम्मानित हुनेमा सर्वोत्कृष्ट पुरस्कारबाट सहायक वन अधिकृत सिद्धान्त वराल र कर्मचारी खिमबहादुर चौधरी, त्यसैगरी उत्कृष्ट पुरस्कारबाट फरेष्टरद्वय विरजङग वली र तिलक चौधरी, सशस्त्र बन सुरक्षा तर्फ टे सुवेदार मोतिराम थारु, कार्यालयकी कम्प्युटर अपरेटर प्रतिभा तिमिल्सेना, वन रक्षकद्वय विनोद अधिकारी र नवराज अधिकारी सम्मानित भएका छन् ।
यस्तै, सान्त्वना तर्फ अधिकृत लेखातर्फ जागेश्वर उप्रेती र मेकानिकल अपरेटर सहायक तर्फ प्रकाश बहादुर साउद सम्मानित भए ।

कार्यक्रमको उदघाटन गर्दै प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले वन तथा वातावरण संरक्षण गर्न हामी सबैको साझा दायित्व भएको बताउनु भएको छ ।

मानवीय त्रुटीका कारण हुने अधिकांश वन डढेलोको जोखिमका कारण हरेक वर्ष ठूलो मात्रामा पर्यावरण नोक्सान भईरहेकाले यस तर्फ सबै गम्भीर बन्नु पर्ने वन तथा वातावरणमन्त्री गिरीको आग्रह छ ।

आज डिभिजन वन कार्यालय दाङले आयोजना गरेको शून्य वन डढेलो महाअभियान २०७६।०७७ सफल घोषणा एवं अग्नि नियन्त्रण सामग्री प्रदर्शनी गृह उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गिरीले ान वचन र कर्मले वन जोगाउन सबै लाग्नु पर्ने बेला आएको टिप्पणी गर्नु भएको छ।

डिभिजन वन कार्यालय दाङका डिभिजनल वन अधिकृत दिपक ज्ञवालीको अध्यक्षता तथा वन तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
सो अवसरमा वन संरक्षण, प्रवद्र्धन र यसको दीगो विकासका लागि वन डडेलो नियन्त्रण, वन तथा वन्यजन्तु चोरी शिकारी नियन्त्रण र बृहतर बृक्षारोपण लगायत कार्यमा पछिल्लो समय वन कार्यालयले उल्लेखनीय कार्य गरेर वन तथा वातावरण संरक्षण योगदान दिएको भन्दै आभार प्रकट गर्नुभएको छ ।

उहाले वन डढेलोका कारण दाङमा वर्षेनी सयौँ हेक्टर वन क्षेत्र खरानी बन्ने गरेकोमा यस पटक शून्य वन डढेला नियन्त्रण महाअभियानले सफलता प्राप्त गरेको भन्दै यसको अनुशरण अरुले गर्नु पर्नेमा जोड दिए ।

भविष्यका लागि वन चाहिने र प्राणीको अस्तित्व पर्यावरणसँग जोडिएको हुँदा यसलाई गम्भीरतापूर्वक सबैले लिनु पर्नेमा उनको जोड थियो ।

डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले यस पटक कार्यालयले वन डढेलो नियन्त्रण महाअभियान तथा लकडाउन लगायत विषम परिस्थिति र वनका पदाधिकारीको सक्रियताले गर्दा आर्थिक वर्ष २०७६।०७७ मा शून्य वन डढेलो सफल हुन सम्भव भएको बताउनु भयो।

वन कार्यालयले जिल्लाभर १ लाख टिमुर रोपण, १६० हेक्टरमा वृक्षारोपण, १०७ हेक्टरको वन पत्ल्याउने कार्यमा १००५ भन्दा माथि प्रगती गरेको प्रमुख ज्ञवालीको भनाई छ । उहाले डिभिजन वन कार्यालयले तयार पारेको अग्नि नियन्त्रण सामग्री प्रदर्शनी गृह मुलुकभरमै पहिलो कार्य भएको दावी गरे ।

प्रहरी, नेपाली सेना जस्ता विपदमा समेत काम गर्ने संगठनमा समेत यस प्रकारका सामग्री त्यसरी तयारी अवस्थामा सबैले देख्ने, बुझ्ने गरी नराख्ने गरेको बताउँदै उनले यस कार्यबाट अरुले पनि सहज रुपमा वन डढेलो नियन्त्रण र विपदका बेला कुन कुन सामग्रीको आवश्यकता पर्दो रहेछ भन्ने थाहा पाउन सक्ने बताए ।

प्रकाशित मिति : २०७७ साउन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *