दाङ, साउन २१ । सुनको मूल्य तोलाको एक लाख बढी पुगेको छ ।
मंगलबार ९९ हजार ८ सयमा कारोबार भएको सुन बुधवार १ हजार ६ सयले बढेर एक लाख एक हजार चारमा पुगेको छ ।
यो अहिले सम्मकै ऐतिहासिक रेकर्ड हो। यसअघि यति महंगोमा सुनको कारोबार नेपालमा कहिलै भएको रेकर्ड छैन । बुधवार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
त्यस्तै बुधवार चाँदीको मूल्य तोलाको १ हजार २ सय ९५ मा कारोबार भइरहेको सछ ।
प्रकाशित मिति : २०७७ साउन २१ गते बुधवार