२०८१ बैशाख ८ गते शनिवार

मुल्य बृद्धि विरुद्ध तुलसीपुरमा तरुण दलको पर्दशन

तुलसीपुर, साउन २१ ।  पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको विरोधमा मंगलवार तुलसीपुरमा पर्दशन भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल दाङको आयोजनामा पर्दशन भएको हो । जसको नेतृत्व जिल्ला अध्यक्ष टिका घर्तीले गरेका थिए ।

सहभागिहरुले पटक÷ पटक पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धि फिर्ता गर, किशानलाई रासायनिक मल उपलब्ध गरा, भ्रष्टचार र कालो बजारीको अन्त्य गर, पिसिआर परीक्षणको दायरा बढा, भ्रष्ट केपी सरकार मुर्दावाद’ भन्ने जस्ता नारा लगाएर बजार परिकर्मा गरेका थिए ।

अरनिको मैदानबाट सुरु भएको विरोध ¥याली बजारका विभिन्न भागको परिकर्मा पछि बीपी चोकमा आएर सभामा परिणत भएको थियो ।

विरोध सभालाई नेपाली काँग्रेसका नेता पूर्व सांसद गेहेन्द्र गिरी, नेता केशव आचार्य, श्याम रेग्मी, नेपाल तरुण दल दाङका उपाध्यक्ष मुक्तिप्रशाद न्यौंपाने, दलित संघका केन्द्रिय उपाध्यक्ष खेमराज विक, नेविसंघका जिल्ला सदस्यहरु घनश्याम भण्डारी, अरुण लहरे, नेविसंघ सल्यानका नेता रमेश केसी लगाएतले सम्वोधन गरेका थिए ।

कार्यक्रम नेपाल तरुण दल दाङका जिल्ला अध्यक्ष टिका घर्तीको अध्यक्षमा भएको हो भने सहजीकरण नेविसंघका जिल्ला सदस्य किरण केसीले गरेका हुन ।

 

प्रकाशित मिति : २०७७ साउन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *