ओमप्रकाश गुप्ता,
सिसहनिया,साउन २० । दाङको देउखुरीमा एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँ बस्ती मसुरीयाकी एक १७ वर्षीया किशोरीमाथि राप्ती गाउँपालिका वडा नम्बर ४ का अन्दाजी २६ वर्षका अर्जुन विक, सोही वडाका २८ वर्षका प्रकाश नेपाली, २४ वर्षका इसव जिसी र २० वर्षका भुपाल थापा मगरले सामुहिक बलात्कार गरेको पीडित किशोरीले जोहेरी दिएकी छन् । इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरिक्षक गंगाबहादुर सारू मगरले मंगलवार दूई जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् ।
मगरका अनुसार इसव जिसीलाई तुलसीपुरबाट फर्किदै गर्दा बाटोबाटै र भुपाल थापा मगरलाई प्युठानस्थित मामा घरबाट पक्राउ गरएको हो । अभियुक्त मध्य अर्जुन विक र प्रकाश नेपाली फरार रहेको र उनीहरुको खोजी तीव्र पारिएको प्रहरीले बताएको छ । पीडित किशोरीले जाहेरीमा अर्जुन विकले कुटपिट गर्दै किशोरीको मुखमा आफ्नो लिंग घुसाएर मुख मैथुन गरेका थिए । अन्य तीन जना युवाले त्यसमा सहयोग गरेको किशोरीले जाहेरीमा उल्लेख गरेकी छन ।
यसरी घयो घटना
पिडित किशोरी आफ्नो १९ वर्षीय एक किशोर संग साउन १६ गते दिउँसो घर नजिकको शान्ति सामुदायिक वन र घण्टदेव सामुदायिक वनको सीमाना क्षेत्रको जंगलमा घुम्न गएकी थिइन । ती किशोरी उक्त दिन महिनावारी भएकी थिइन ।
उनले लगाएको कपडामा रक्तश्राप भएपछि उनी जंगलमा रहेको बगिया खोलामा त्यो सफा गर्न तथा नुहाउन गइन । नुहाएर कपडा फर्दै गर्दा एक्कासी ती चार युवाले उनलाई झम्टिए । उनी संग गएका किशोरलाई युवाहरुको त्यो टोलीले कुटपिट गरि घाइते तुल्याए । त्यसपछि ती किशोरीलाई जवरजस्ती बलात्कार गरे । त्यसमध्य विकले मुखमा लिंग घुसाएर मैथुन गराएको पीडित किशोरीले जोहरीमा उल्लेख गरेकी छन् ।
घटना भएको दिन प्रहरी घटना स्थलमा आएपनि सामान्य सोधपुछ गरेर गएको पीडित किशोरीले आरोप लगाएकी छन् । प्रहरी प्रमुख मगरले पनि युवाहरुका बीचमा कुटाकुट भएको भन्ने खवर मात्रै सुरुमा आएको फरक कोणलाई प्रतिक्रिया दिए ।
पीडित किशोरीका अभिभावक दुबै काठमाडौंमा होटल व्यवसयी गरेर बस्दै आएका छन् । घटनाको दोस्रो दिन साउन १७ गते उनकी आमा काठमाडौंवाट आएपछि छोरी, उनी संग घुम्न गएका कुटाई खाने युवालाई लगेर इलाका प्रहरी कार्यालय भालुवाङमा जाहेरी दिन पुगिन ।
त्यो दिन पनि प्रहरीले आलटाल गरि जाहेरी दर्ता गरेन । साउन १८ गते फेरि उनीहरु इप्रका भालुवाङ पुगेपछि किशोरीले चार जना युवाका विरुद्ध जाहेरी दिएकी छन् । साउन १८ गते नै ती किशोरीको स्वास्थ्य परीक्षण भएको थियो ।