२०८१ बैशाख ८ गते शनिवार

बाँकेमा ७ कैदी बन्दीलाई कोरोना संक्रमन पुष्टि


दाङ, साउन २० । बाँके जिल्लामा कारागार भित्र समेत कोरोना भाइरसको संक्रमन फैलिएको छ । मंगलवार जिल्ला कारागार बाँकेका सात जना कैदी बन्दीमा कोरोना भाइरसको संक्रमन पुष्टि भएको जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले बताए । बाँके कारागारमा झन्डै आठ सयको हाराहारीमा कैदी बन्दी रहेका छन् । कारागार भित्रका कैदी बन्दीलाई समेत कोरोना पुष्टि भएपछि सबै कैदी बन्दीको पिसिआर परीक्षण गर्ने निर्णय भएको श्रेष्ठले बताए ।

६ प्रहरीलाई कोरोना पुष्टि
बाँकेमा मंगलवार ६ जना प्रहरीलाई समेत कोरोना भाइरसको संक्रमन देखिएको छ । वडा प्रहरी कार्यालय नेपालगन्ज बाँकेमा कार्यरत ७ जना प्रहरीको आशंका लागेर स्वाब संकलन गरि पिसिआर परीक्षण गरिएकोमा ६ जना प्रहरीमा कोरोना संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।

‘ ७ जना प्रहरीको पिसिआर विधिबाट परिक्षण गर्दा ६ जनाको रिपोट पोजेटिभ आएको छ,’ उनले भने ‘ ६ प्रहरी कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि वडा कार्यालय सिल गरिएको छ।’

निषेधाज्ञा शनिवार सम्म थप्ने निर्णय
बाँकेमा जारी निषेधाज्ञा थपेर शनिवार सम्म लम्वाइएको छ । जिल्ला संकट ब्यवस्थापन समितिको बैठकले आगामी शनिवार मध्य रातिसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको प्रजिअ कुरुम्वाङले जानकारी दिएका छन् । यसअघि कर र नापी कार्यालयका साथै समुदायमा कोरोना संक्रमन फैलिएको पुष्टि भएपछि साउन १५ गतेको बैठकले ३ दिन निषेधाज्ञा जारी गरेको थियो । त्यो निषेधाज्ञा मंगलवार राति १२ बजेदेखि सकिनै लाग्दा फेरि ४ दिन थप्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति : २०७७ साउन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *