२०८१ पुष २९ गते सोमवार

दंगिशरणमा खोलाले बगाउँदा एक जनाको मृत्यु

तुलसीपुर, साउन २० । दाङमा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । दंगिशरण गाउँपालिका वडा नं. ७ निवासी ७२ बर्षीय विष्णुलाल चौधरीको स्थानीय खोलाले बगाउँदा मृत्यु भएको छ । चौधरी सोमवार बेलुका ४ बजेतिर गाई गोरु चराउन भन्दै जंगलतर्फ लागेका थिए ।

चौधरी घर फर्केर नआएपछि उनको खोजी सुरु भएको थियो । चौधरी मंगलवार विहान ९ बजेतिर मृत अवस्थामा ओदालेस्थित बबई नदी किनारमा फेला परेका थिए । घटनावारे अनुसन्धान भइरहेको इलाका प्रहरी खिलतपुरले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ साउन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *