तुलसीपुर, साउन २० । प्रक्रिया विपरित जिल्लामा सञ्चालित क्रसर उद्योहरु बन्द गर्नुपर्ने माग गर्दै परेको निवेदन उपर साउन २६ गते बहस हुने भएको छ ।
मंगलवार उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधिस रमेश पोखरेल र न्यायाधिस मेरनी श्रेष्ठको संयुक्त इजलासले साउन २६ गतेका लागि पेशी तोकेको हो ।
क्रसर उद्योग वारे एउटै प्रकृतिका मुद्दा फरक ÷ फरक मितिमा परेको हुँदा त्यसवारे एउटै मितिमा बहस सुरु गर्नु उपयुक्त हुने निर्णयका साथ साउन २६ गतेका दिन पेशी तोकिएको मुद्दावालाको पक्षधर अधिबक्ता केशव केसीले जानकारी दिए ।
मंगलवार निवेदकको तर्फवाट अधिबक्ताहरु केसी र रविन्द्र धितालले बहस गरेका थिए ।
जिल्लामा प्रक्रिया विपरित सञ्चालित क्रसर उद्योगहरु वन्द गर्न माग गर्दै उच्च अदालत तुलसीपुरमा घोराही उपमाहानगरपालिका वडा नं. १३ निवासी ३७ बर्षीय प्रेम बुढाले मुद्दा दायर गरेका छन् ।
उनले विभिन्न मितिमा साउन ११,१२ र साउन १६ गते समेत गरि जिल्लाका ३३ क्रसर उद्योग, तीनका सञ्चालक, स्थानीय निकाय प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, जिल्ला प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारी समेतलाई विपक्षी बनाई ८६ जना विरुद्ध उजुरी दिएका छन् ।
बुढाले सुरुमा साउन ११ र १२ गते दाङको देउखुरी क्षेत्रका २४ क्रसर उद्योग विरुद्ध मुद्दा दर्ता गरेका थिए भने साउन १६ गते तुलसीपुर,घोराही र बबई गाउँपालिकामा सञ्चालित समेत गरि थप ९ वटा क्रसर उद्योगका विरुद्ध उजुरी दिएका छन् ।
निवेदक बुढाले क्रसर उद्योग वातावरणिय मापदण्ड विपरित रहेको भन्दै निषेधाज्ञा ÷परमादेश माग गर्दै निवेदन दिएका छन् ।
मापदण्ड विपरित सञ्चालित क्रसर उद्योगले मानव स्वास्थ्य मात्रै नभई पशु चौपायालाई समेत प्रभावित तुल्याएको दाबी निवेदक बुढाले गरेका छन् ।
सोही निवेदनका आधारमा यसअिघ अदालतले विपक्षीलाई कारणसहित लिखित रुपमा उस्थिति हुन १५ दिने म्याद दिएको थियो ।
निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कुनै आधार कानुन भए सो समेत उल्लेख गरि १५ दिन भित्र अदालतमा लिखित रुपमा उपस्थिति हुन आदेश गरेको थियो ।
उस्ले अन्तरिम आदेशको सम्वन्धमा विपक्षी र निवेदक दुबैलाई छलफलका लागि बोलाएको छ ।