२०८१ चैत्र १३ गते बुधवार

तरुण दलले गर्यो काँग्रेस पार्टी कार्यालय परिशरको सरसफाई

तुलसीपुर, साउन २० । नेपाल तरुण दलले तुलसीपुरमा नेपाली काँग्रेसको क्षेत्रीय पार्टी कार्यालय परिसरको सरसफाई गरेको छ ।

तरुण दल तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष सुनिल डाँगीको नेतृत्वमा तुलसीपुर ६ स्थित क्षेत्रीय पार्टी कार्यालयको सरसफाई गरेको छ ।

अध्यक्ष डाँगीले सरसफाई गर्नुको साथै पार्टी कार्यालयमा नयाँ झण्डा समेत राखिएको जानकारी दिए ।

‘पार्टी कार्यालयमा राखिएको झण्डा च्यातिएर धुजा धुजा भइरहेको रहेछ,’ डाँगीले भने ‘हामीले आजै त्यसको ठाउँमा नयाँ झण्डापनि फहराएका छौं।’

पार्टी कार्यालयमा हुने सार्वजनिक कार्यक्रम पछि कसैले सरसफाई नगर्दा पानीका बोत्तल, प्लाष्टिक लगाएका फोहरहरु यत्रतत्र छरिएको हुँदा तरुण दलले पार्टी कर्यालय परिशरको सरसफाई गरेको अध्यक्ष डाँगीले बताए ।

मंगलवार विहान गरिएको सरसफाई कार्यक्रममा नेपाल तरुण दलका जिल्ला अध्यक्ष टिका घर्ती, सचिव धुर्ब आचार्य, जिल्ला सदस्यहरु नविन योगी , नविन बुढाथोकी, साविक क्षेत्र नं. ५ का तरुण अध्यक्ष ललित पाण्डे,तुलसीपुर नगर उपाध्यक्ष सुरेन्द्रसिंह राठोर, नेविसंघका जिल्ला सहसचिव जितेन्द्रप्रकाश वली, जिल्ला सदस्यहरु घनश्याम भण्डारी, अरुण लहरे,दलित विद्यार्थी संघका जिल्ला अध्यक्ष कलसिंह बिक लगाएले सरसफाई गरेका हुन ।
त्यस्तै तरुण दल क्षेत्र नं. ४ का सदस्य सुशिल वली, युवाहरु पुष्प घर्ती र केशव भुसाल लगाएतका युवाहरुको सहभागिता थियो ।

सौचालय भने फाहोर
परिशरको सरसफाई गरिएको भएपनि पार्टी कार्यालयको सौचालय भने दुर्घन्धित नै छ ।

त्यसको सरसफाईमा भने कसैको चासो दिएको छैन । सौचालयको ढोका समेत छैन ।

फोहरका कारण नाक थुनेरै सौचालय जानुपर्ने अवस्था एकातिर छ भने अर्कौ तफ आसपासका सर्वसाधारणले समेत पार्टी कार्यालयमै ढोका नहुँदा आफुहरुलाई समेत अप्ठेरो महसुश हुने गरेको बताउने गरेका छन् ।

 

 

प्रकाशित मिति : २०७७ साउन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *