२०८१ बैशाख ८ गते शनिवार

बाँके राष्ट्रिय निकुञ्जका दुई अधिकृतलाई अख्तियारले समात्यो

दाङ, साउन २० । बाँके राष्ट्रिय निकुञ्जका दूई अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकाय सोमवार रुपेन्देहीमा स्रोत नखुलेको रकमसहित पक्राउ परेका हुन ।

उनीहरुको साथबाट स्रोत नखुलेको तीन लाख ४८ हजार नगद र बिभिन्न मितिको बैंक भौचरहरु रहेको पाँच लाख ५० हजार समेत गरि कुल आठ लाख ९८ हजार वरामद भएको अख्तियारका प्रबक्ता तारानाथ दाहालले जानकारी दिएका छन् ।

निकुञ्जको बा २ झ १८७३ नम्वरको गाडीमा सवार उनीहरुलाई अख्तियारको टोलीले रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १० बाट पक्राउ गरेको थियो ।

पक्राउ परेका अधिकारीमाथि अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०७७ साउन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *