दाङ, साउन २० । हत्या, अपहरण, बम विस्फोट तथा फिरौती रकम माग्ने जस्ता कार्यमा संलग्न फरार एक प्रतिवादी बाँकेमा पक्राउ परेका छन् ।
उल्लेखित विभिन्न अभियोगका फरार प्रतिवादी जिल्लाको डुडुवा गाउँपालिका वडा नं. ६ निवासी केशव राढलाई जिल्ला प्रहरी कार्यालय बाँकेले सोमवार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी प्रबक्ता सुवाश खड्काले राढ विगतमा राढ भूमिगत सशस्त्र भूमिगत समुह तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंहमा) आवद्ध रहि विभिन्न सरकारी कार्यालय र व्यक्तिका निजी सम्पत्तिमा समेत बम विस्फोट गराएको मुद्दाका दोषी रहेको बताए ।
राढले व्यापारीसंग रकम माग्दै धम्किदिने गरेको, अपरहण गर्ने तथा शरिर बन्धक बनाउने जस्ता कार्यहरुको गरेको डिएसपी खड्काले जानकारी दिए ।
राढमाथि २०६८ साल मंसिर १४ गते मालपोत र भूमिसुधार कार्यालय बाँकेमा बम विस्फोट गराएको मुद्दा छ ।
प्रतिवादी राढलाई जिल्ला अदालतले २०७२ माघ १८ गतेको फैसला सुनाउँदै दुबै मुद्दामा दोषी ठहर गर्दै ६÷६ महिना कैद र ५÷५ हजार रुपैंया जरिवाना तोकेको थियो ।
त्यस्तै २०६८ साल चैत ६ गते साविक गनापुर वडा नं. ९ स्थित प्रकाश अधिकारीको फ्याक्ट्रीमा बम विस्फोट गराएको हुँदा उक्त मुद्दामा समेत जिल्ला अदालत बाँकेले २०७२ साल माघ १८ गते ६ महिना कैद र ५ हजार रुपैंया जरिवानाको पैmसला सुनाएको थियो ।