नेपालगन्ज,साउन १९ । भेरी अस्पताल नेपालगन्जले बाँकेमा थप ९ जनासहित ११ जनामा कोरोना पुष्टि गरेको छ ।
अस्पतालले दिउँसो २ः३० बजे सार्वजनिक गरेको विवरणमा नेपालगन्जका एक महिला र ८ पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
संक्रमितहरु वडा नं। ४ का २, वडा नं। २० का २, १०, १४ र १७ का एक एक जनामा कोरोना संक्रमण भएको हो ।
भेरीमा २४ घण्टामा २९५ वटा नमूना परीक्षण गर्दा बिहान ८ः३० बजे नेपालगन्जका २ सहित ९ जना र दिउँसोका ११ जना गरी २० जनाको रिपोेर्ट पोजेटिभ आएको हो ।
जसमा नेपालगन्जका मात्र ११ जना छन् ।
प्रकाशित मिति : २०७७ साउन १९ गते सोमवार