२०८१ बैशाख १३ गते बिहिवार

मेलम्चीमा पहिरोवाट ८ जनाको मृत्यु

काठमाडौं, साउन १९ । सिन्धुपाल्चोकमा पहिरोबाट आठ जनाको मृत्यु भएको छ । मेलम्ची बजारमा गएराति पहिरोले पुरिएका आठ जनाको शव सोमबार बिहान निकालिएको प्रहरीले जानकारी दिएको छ । घाइते एकजनालाई भने उद्धार पछि हेलिकप्टरबाट उपचारका लागि काठमाडौंको ल्याइएको छ ।

मेलम्ची बजार नजिकै कर्भड हल निर्माणको कामका लागि नेपालको वीरगन्ज र भारतका मजदुरहरू पहिरोमा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । मृतक मध्य अधिकाँस वीरगंजाका रहेको र तीन जना जति भारतीय नागरिक रहेको जानकारी दिइएको छ ।

यो खवर तयार पार्दासम्म मृतक कसैको पनि सनाखद भइ सकेको छैन ।कर्भड हल निर्माण स्थल नजिकै बस्दै आएका मजदुरहरुलाई सुतेको समयमा माथिबाट झरेको पहिलोले पुरेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ साउन १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *