घोराही, साउन १८ । घोराहीका युवा बाबु पुनलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले पुनलाई घोराहीबाट पक्राउ गरिएको जानकारी दिए । एकजना व्यक्तिले पुनले आफुलाई धम्कि दिएको भन्ने जाहेरीका आधारमा सोधपुछका लागि पुनलाई पक्राउ गर्नु परेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले पुनमाथि आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए । एकजना व्यक्तिले पुनले आफुलाई रकम माग्दै धम्कि दिएको भन्ने खालको जाहेरी दिएको हुँदा त्यही आधारमा पुनलाई पक्राउ गरिएको खड्काले बताए ।
प्रकाशित मिति : २०७७ साउन १८ गते आइतवार