तुलसीपुर, साउन १८ । तुलसीपुरको रामपुरमा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ रामपुर निवासी ६८ बर्षीय हरिप्रशाद विकको तुहीखोलाले बगाउँदा मृत्यु भएको छ ।
प्रहरीका अनुसार साउन १६ गते विहान खाना खाएर विक तुलसीपुर जान्छु भनि घरवाट हिडेका थिए । विक घर नफर्किएपछि खोज तलास गर्ने क्रममा विकको शव उक्तखोलामा फेला परेको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घटनावारे अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ साउन १८ गते आइतवार