२०८१ माघ १२ गते शनिवार

यूरियाको माग गर्दै किसानद्धारा प्रदर्शन


दाङ,१८ साउन । दाङमा धानमा टिप गर्नका लागि यूरिया मल नपाएपछि किसानहरुले हलो,जुवा र फरुवा बोकेर प्रदर्शन गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. २ रामपुरका किसानले धानमा टिप गर्ने मल नपाएको भन्दै आइतवार वडा कार्यालय अगाडी कृषि सामग्रीसहित प्रदर्शन गरेका हुन ।

नेपाली कांग्रेसको भाृत संगठन किसान संघ रामपुरको आयोजनामा किसानहरुले सरकारसँग रासायनिक यूरिया मल उपलव्ध गराउन माग गर्दै वडा कार्यालयको गेटमा प्रदर्शन गरेको किसान संघ रामपुरका अध्यक्ष शेरबहादुर चौधरीले बताएका छन् । समयमै मल नपाउँदा किसानको मेहनत खेर जाने अवस्था आउन थालेपछि किसानहरु आन्दोलन गर्न बाध्य हुनु परेको अध्यक्ष चौधरीले बताए ।

प्रदर्शनका क्रममा उनीहरुले स्थानीय सरकारका रुपमा रहेको वडा कार्यालयलाई मलको लागि पहल गरिदिन आग्रह गरेका छन । प्रदर्शनपछि आयोजना गरिएको विरोधसभालाई सम्वोधन गर्ने बक्ताहरुले किसानको समस्यामा धान सरकारलाई आग्रह गरेका थिए । किसानले समयमै मल नपाउँदा मेहनत खेर जाने अवस्था आएको भन्दै उनीहरुले जति सक्यो चाडो यूरिया मलको व्यवस्था गर्न समेत सरकारसँग माग गरेका थिए । कार्यक्रमलाई नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव कमलकिशोर घिमिरे, कागं्रेस नेता गिरिराज गिरी, किसान संघ रामपुरका अध्यक्ष शेरबहादुर चौधरीले सम्वोधन गरेका थिए ।

उनीहरुले ‘किसानलाई रासायनिक यूरिया मलको व्यवस्था गर’, ‘किसानको मेहनतलाई खेर जान नदिन मलको व्यवस्था गर’, ‘किसानको राहत अनुदानमा भएको अनियमिता छानविन’, ‘किसान मारा सरकार मुर्दावाद’लगायतका नारालगायउँदै वडा कार्यालय पुगेका थिए ।

प्रकाशित मिति : २०७७ साउन १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *