सरकारको अनुमति संगै आफुलाई आशंका लागेका सर्वसाधारणले सेन्टरमा गएर कोरोना भाइरस परीक्षण गराउन थालेको बागेश्वरी डाईग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टरका सञ्चालक विश्व भण्डारीले जानकारी दिए ।
सरकारले तोकेको ५ हजार ५ सय रुपैंया शल्क लिएर कोरोनाको परीक्षण सुरु गरिएको र जति सक्यो छिट्टै रिपोर्ट दिन थालिएको भण्डारीले बताए ।
करिब सवा एक करोडको लागतमा अत्याधुकिन ल्याव स्थापना गरिएको हुँदा सेवाग्राहीले छिट्टै सेवा पाउने गरेको सञ्चालक भण्डारीले दाबी गरे । बाँकेमा सरकारी स्तरमा भेरी अस्पतालमा मात्रै कोरोनाको परीक्षण गरिदैं आएको छ ।
सरकारले निर्धारण गरेका ठाउँहरु सिमित हुनु र त्यसमा रिपोर्ट आउँदा सयम लाग्ने भएको हुँदा छिटो छरितो सेवा चाहाने जो कोही पनि आफुहरुले सञ्चालन गरेको ल्यावमा आउने सक्ने भण्डारीले बताए ।
बागेश्वरी डाईग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टरले कोरोना भाइरकसको परीक्षण सुरु गरेपछि पैंशा तिरेर सेवा लिन चाहाने सर्वसाधारणल लाभान्बित भएका छन् ।
कोरोना परीक्षण गराउन सरकारले प्रतिव्यक्ति ५ हजार ५ सय शुल्क निर्धारण गरेको छ ।