२०८१ माघ १२ गते शनिवार

रोल्पामा १४ जनाले कुटेर एक युवाको हत्या गरे

दाङ, साउन १७ । रोल्पामा गाउँका १४ जनाले कुटपिट गरि एक युवाको हत्या गरेका छन् । जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नं. ६ सालबाङ निवासी २४ वर्षीय ईश्वरी बस्नेतको स्थानीय १४ जनाले कुटपिट गरि हत्या गरेका छन् ।

गम्भीर घाइते बस्नेतको उपचारका लागि दाङ ल्याउने क्रममा शनिवार विहान बाटोमै मृत्यु भएको छ ।यसैबीच कुटपिटमा संलग्न १४ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कुटपिट गर्ने मध्य सालवाङ निवासी ३९ वर्षीय भिमबहादुर बस्नेत, ३३ वर्षीय झुपलाल बुढा, ३९ बर्षीय प्रेमबहादुर बुढाथोकी, ३५ बर्षीय चेतलाल साहु, ३९ बर्षीय चन्द्रलाल रोका, २८ वर्षीय दिलबहादुर रोका, २२ बर्षीय टोपेन्द्र साहु रोका, ३१ वर्षीय धन सिंह बुढाथोकी रोका छन् ।

त्यस्तै २४ बर्षीय कमल बस्नेत, १८ बर्षीय प्रकाश बुढा, २० बर्षीय ठगेन्द्र बुढा, २० वर्षकै प्रेम बुढा, २५ वर्षीय तिलबहादुर चलाउने र ३५ वर्षीय हिराबहादुर बुढाथोकीलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी शंकर खड्काले जानकारी दिए ।

५ हजार र घडी लुटेको बाहानामा कुटपिट
शुक्रबार बेलुकी साढे ६ बजेतिर हत्या गरिएका ईश्वर बस्नेतले गाउँकै ६५ वर्षीय गोठे बुढाको नगद ५ हजार र हातको घडी लुटेर भागे । बुढा दाङको घोराहीबाट घर फर्किरहेका थिए । बुढाले त्यो कुरा गाउँलेलाई भने । त्यसपछि स्थानीय १४ जना युवा भेला भएर ईश्वर बस्नेतको घरमा शनिबार विहान १ बजे गएर उनलाई उठाए । ईश्वरी झ्यालबाट हाम फालेर भाग्न खोजे ।

उनी घाइते भए । त्यसमाथि स्थानीय १४ जनाले ईश्वरीलाई कुटपिट गरे । अवस्था गम्भीर भएपछि कुट्ने व्यक्तिहरुले नै ईश्वरलाई स्वास्थ्य चौकी डुब्रिङ उपचारका लागि पु¥याए । त्यहाँ उपचार सम्भव भएन । त्यसपछि दाङको घोराही तर्फ ल्याउँदै गर्दा ईश्वरी बस्नेतको भन्ज्याङ नजिकै मृत्यु भयो । इश्वरीको मृत्युको खबर प्रहरीले बिहान १० बजे पाएपछि घटनामा संलग्नहरुको खोजी गर्न थालेको हो ।

प्रकाशित मिति : २०७७ साउन १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *