२०८१ माघ १२ गते शनिवार

कोरेक्ससहित ३ युवा पक्राउ


दाङ, साउन १७ । बाँके प्रहरीले ३६ सिसी कोरेक्ससहित तीन जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको डुडुवा गाउँपालिका वडा नं. ६ का १९ बर्षीय अर्जुन चौहान, सोही ठाउँका १८ बर्षीय कल्लु चौहान र भारतको बहर्राइच निवासी २१ बर्षीय अजय बर्मा रहेका छन् ।

जिल्ला प्रहरी प्रबक्ता सुवाश खड्काका अनुसार शुक्रवार राति साढे १० बजेतिर उनीहरुलाई गस्तिको प्रहरीले डुडुवा ६ चौधरीपुरुवावाट पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिहरु उपर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ साउन १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *