२०८१ माघ ३ गते बिहिवार

घोराहीमा प्रहरीको कोरोना भाइरस विरुद्ध सचेतना अभियान


दाङ, साउन १७ ।कोरोना भईरसको संक्रमणबाट सर्वसाधारणलाई जोगाउन प्रहरीले नै सचेतना अभियान थालेको छ । लकडाउन खोलिएको भएपनि संक्रमणको जोखिम कायम नै रहेका हुँदा प्रहरीले समुदायसंग मिलेर सर्वसाधारणहरुलाई सचेत तुल्याउन सचेतनामूलक प्ले कार्डहरु प्रर्दशन गर्न सुरु गरेको छ ।

ब्यानरमा ‘तपाईको मास्क खोई ? यस एरियामा मास्क बिना हिड्न मनाही छ, लकडाउन सकिएको हो,कोरोना होईन, त्यसैले मास्कको अनिवार्य प्रयोग गरौँ, साबुन पानीले मिचिमिची हाात धोऔँ,सेनिटाईजरको नियमित प्रयोग गरौ, सामाजिक दुरी अनिवार्य कायम गरौँ, कुनै स्वास्थ्य समस्या देखिएमा स्वास्थ्य संस्थामा जाऔँ, कोरोना भाइरसको संक्रमणबाट आफूपनि बचौँ अरुलाई पनि बचाऔँ, स्वास्थ्य नै ठूलो धन हो’ भन्ने जस्ता नाराहरु लेखिएका छन् ।

घोराहीका भिडभाड हुने मुख्य चोक र स्थानहरुमा चेतनामूलक फ्लेक्सहरु टाँगिएको छ । शुक्रवारदेखि प्रहरीले यो अभियान थालेको हो । अभियान शनिवार पनि जारी रह्यो । सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अनतरगत जिल्ला प्रहरी कार्यालय दाङसंगको सहकार्यमा तयार पारेको ब्यानरहरु घोराहीका विभिन्न चोक तथा स्थानहरुमा राखेको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष विष्णु पुन, घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डे र वडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरिक्षक दिनेश रिमालले अभियानको सुरुवात गरेका हुन ।

ब्यानरहरु घोराहीको मुख्य घोराही चोक, दामोदर चोक, ट्राफिक चोक, सहिद गेट, बसपार्क, जिल्ला प्रशासन कार्यालय चोक, दिपदिखा चोक, गुलरिया चोक, जिल्ला प्रहरी कार्यालयको गेट लगायतका स्थानमा ब्यानरहरु राखिएको सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव आरके सितलले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ साउन १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *