दाङ, साउन १७ । बाँके प्रहरीले भन्सार छलेर ल्याउँदै गरेको कपडा बरामद गरैको छ । शनिवार विहान साढे १ बजेको समयमा ५०० पिस कुर्ता, १०० पिस टिसर्ट र कुर्ता सुरुवाल २०० पिस बरामद गरिएको जिल्ला प्रहरी प्रबक्ता सुवाश खड्काले जानकारी दिएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ गाउँ क्षेत्रवाट लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा ती कपडा बरामद भएको डिएसपी खड्काले जानकारी दिएका छन् । जमुनाहा बाँकेवाट खटिरएको गस्ति टोलीले ती कपडा बरामद गरेको र त्यसवाट थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ साउन १७ गते शनिवार