२०८० चैत्र १६ गते शुक्रवार

आएको ४ महिनामै तुलसीपुरका प्रमुख प्रशासकीय अधिकृत साढे १४ लाख रकमसहित पक्राउ

दाङ, साउन १७ । दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय आएको ४ महिनामै स्रोत नखुलेको करिव साढे १४ लाख रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपाध्यायलाई शुक्रबार बुलेकी चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुंगाबाट पक्राउ गरेको हो ।उपाध्याय लकडाउनको बीचमै तुलसीपुरमा सरुवा भएर आएका थिए ।

आएको चार महिनामै साढे १४ लाख जति स्रोत नखुलेको रकम सहित प्रमुख प्रशासकीय अधिकृत पक्राउ पर्नुले सरकारी निकायहरुमा हुने गरेको अनियमितता छताछुल्ल भएको छ । अख्तियारका प्रबक्ता नारानाथ अधिकारीले उपाध्यायलाई बा २ झ ४०९९ नम्वरको सरकारी गाडीबाट काठमाडौं जाँदै गर्दा गोप्य सूचनाको अधारमा पक्राउ गरिएको जानकारी दिए ।

उनको साथवाट एकलाख २४ हजार सात सय ५० नगद, फिक्स डिपोजिट गरेको चार लाख २९ हजारको रसिद र आठ लाख ९५ हजार बिल डिपोजिट गरेको भौचर बरामद भएको अख्यितारका प्रबक्ता अधिकारीले बताए । नगद र बैंकमा रकम जम्मा गरेको भौचर समेत गरि कुल १४ लाख ४८ हजार सातसय ९५ बराबरको स्रोत नखुलेको रकम प्रमुख प्रशासकीय अधिकृत उपाध्यायबाट बरामद भएको अख्तियार प्रबक्ता अधिकारीले जानकारी दिए । उपाध्यायमाथि थप अनुसन्धान भइरहेको अख्तियार प्रबक्ता अधिकारीले जानकारी दिएृ ।

प्रकाशित मिति : २०७७ साउन १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *