२०८० चैत्र १६ गते शुक्रवार

गुल्मीमा पहिरोवाट आमासहित तीन बालबालिकाको मृत्यु

बुटवल, साउन १६ । गुल्मिमा पहिरोमा परि एकै घरका चार जनाको मृत्यु भएको छ । जिल्लाको रुरु गाउँपालिका वडा नम्बर ५ आटिपाटामा शुक्रवार बेलुका घरमाथिबाट झरेको पहिरोसहितको ठूलो ढुंगाले घर पुर्दा घरभित्र रहेकी बिना माझीसहित उनका दुई छोरी र एक छोराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बुलेकी आठ बजेतिर पहिरो झरेको थियो । चारैजनाको शव निकालेर स्थानीय विद्यालयमा राखिएको छ । तीन साना÷साना छोराछोरीसहित आमा बिनाको मृत्यु भएपछि गाउँमै शोकमा डुवेको छ । मृतक बिनाका श्रीमान रोजगारीको लागि भारतमा रहेका छन् ।

प्रकाशित मिति : २०७७ साउन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *