दाङ, साउन १६ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय पक्राउ परेका छन्। । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई शुक्रबार साँझ नागढुंगामा पक्राउ गरेको हो।
उपाध्यायसंग एक लाख ४० हजार नगद र आठ लाख बैंकमा जम्मा गरेको भौचर बरामद भएको स्रोतले बताएको छ । उनी शुक्रवार नै तुलसीपुरवाट काठमाडौं हिडेका थिए । गोप्य सूचनाका आधारमा प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई पक्राउ गरिएको स्रोतले बताएको छ ।
प्रकाशित मिति : २०७७ साउन १६ गते शुक्रवार