२०८१ माघ १२ गते शनिवार

बिजौरी बजार शनिवार पनि खुल्ने

तुलसीपुर,साउन १६ । नजिकिदै गरेका चाडपर्वहरुलाई मध्य नजर गर्दै दाङको बिजौरी बजार शनिबार पनि खोलिने भएको छ ।

बिजौरी उद्योग वाणिज्य संघको शुक्रवार बसेको बैठकले साउन १७ गते शनिबारदेखि बजार खोल्ने निर्णय गरेको हो । यस अघि शनिबार बिजौरी बजार बन्द हुँदै आएको थियो ।

त्यसैगरी उद्योग वाणिज्य संघले आपत् विपद् परेका साधारण सदस्यहरुलाई राहत समेत प्रदान गर्दै आएको सघंका महासचिव बिदुर गौतमले जानकारी दिए ।

उनका अनुसार सघंले शुक्रवार आगलागीबाट सम्पूर्ण सामग्री नष्ट भएको प्रभा जनरल स्टोरलाई ३० हजार ५ सय ५५ रुपैया सहयोग गरेको छ ।

त्यस्तै संघका साधारण सदस्य बलबहादुर थापाको निधन भएको हुँदा उनको परिवारलाई ७ हजार, साधारण सदस्य ओमप्रकाश पार्धेको पसल चोरी भएकोमा उनलाई ३ हजार २ सय रुपैया र अर्को साधारण सदस्य गोङ्गु चौधरीको पसलमा चोरी भएकाले ३ हजार राहत रकम सहयोग गरिएको गौतमले जानकारी दिए ।

सघंले व्यापारीहरुलाई अनिवार्य रुपमा मास्क, पञ्जा, सेनिटाइजर प्रयोग गर्न समेत आग्रह गरेको छ ।

बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा सम्पन्न बैठकले सम्पूर्ण उद्योग व्यापारीहरुलाई सुरक्षा अपनाएर व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गर्नेनिर्णय गरेको प्रेस सल्लाहकार राकेश बस्नेतले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७७ साउन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *