दाङ, साउन, १६ । रोल्पामा पैदल हिडिरहेका एक युवाको भिरबाट खसेको ढुंगाले लागेर मृत्यु भएको छ ।
जिल्लाको रुन्टिगढी गाउँपालिका वडा नं. ८ मेलटाकुरा निवासी २६ बर्षीय प्रेमबहादुर पुनको अचानक भिरबाट खसेको ढुंगाले लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङले जानकारी दिए ।
खेतमा पानी लगाउन जाने क्रममा विहीवार राति करिब १२ बजेतिर पुनलाई ढुँगाले लागेको र उनको घटनास्थलमै मृत्यु भएको गुरुङले बताए ।
घटनाको खवर पाए लगतै राति नै इलाका प्रहरी कार्यालय होलेरीका प्रमुख प्रहरी निरिक्षक मेघनाथ चापगाईको नेतृत्वमा प्रहरी पुगेर शव उठाएको थियो ।
जिल्ला प्रहरी कार्यालय सञ्चार शाखामा कार्यरत घनश्याम बुढाथोकीका अनुसार मृतकको शव पोष्टमार्टमको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही पठाइएको छ । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।