घनश्याम बुढाथोकी,
रोल्पा, साउन, १६ ।मुटुरोगवाट पीडित एक बालिकालाई रोल्पामा प्रहरीले आर्थिक सहयोग गरेका छन्। जिल्लाको लुङग्री गाउँपालिका वडा नं. ६ गुम्चाल निवासी मुटु रोगी १५ बर्षीया लालकुमारी बिष्टलाई जिल्ला प्रहरी कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचीहरुले आर्थिक संकलन गरी सहयोग रकम हस्तान्तरण गरिएको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक चित्रबहादुर गुरुङले पीडित बालिकाको उपचारमा सहयोग पुगोस भन्ने उदेश्यले प्रहरीले संकलन गरेको १७ हजार ५ सय ८६ रुपैंया हस्तान्तरण गरिएको बताएका छन् । बिहीबार पीडित बालिकालाई गुरुङले उक्त सहयोग हस्तान्तरण गरेका थिए ।
मुटु रोगवाट पीडित ती बालिकाको घरको आर्थिक अवस्था कमजोर रहेको हुँदा उपचार गर्न नकसेको कुुरा सार्वजनिक भएपछि प्रहरीले आफैले चन्दा संकलन गरि सहयोग गरेको हो । गत बर्ष पुषमा जिल्ला अस्पताल रेउघामा सञ्चालित मुटु रोग सम्वन्धि स्वास्थ्य शिविरमा चेकजाच गर्दा विष्टको मुटुको भल्भभमा समस्या देखिएको थियो ।