२०८१ जेष्ठ १७ गते बिहिवार

पहिरोवाट ज्यान गुमाएका परिवारलाई तीन लाख नगद हस्तान्तरण

तस्विर – निमुसंगम घर्ती ।

तुलसीपुर, साउन १५ । दाङको बंगलाचुली गाउँपालिका वडा नं.५ साकिनेकामा घरमाथी बाट खसेको पहिरोले पुरिएर मृत्यु भएका मृतकका परिवारलाई जिल्ला प्रशासन कार्यालय दाङले राहात प्रदान गरेको छ ।जिल्ला प्रशासन कार्यालय दाङले मृतकका परिवारलाई ३ लाख रुपैँया नगद प्रदान गरेको हो ।

बुधबार राति घरमाथिबाट आएको पहिरोले घरको आधा भाग धप्किदा २६ बर्षीया बाटुली नेपाली र उनकी २ बर्षीया छोरी आयुष्माको मृत्यु भएको थियो । जिल्ला प्रशासन कार्यालयवाट विहीवार पुगेको टोलीले मृतकका शसुरा देविराम परियारलाई नगद तीन लाख रुपैंया हस्तान्तरण गरेको हो ।

त्यसक्रममा नेपाल रेडक्रस जिल्ला शाखा दाङलेपनि पिडित परिवारलाई राहात सामग्री हस्तान्तारण गरेको छ पत्रकार निमुसंगम घर्तीले जानकारी दिएका छन् । राहात वितरण कार्यक्रममा बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वली, वडा नं. ५ का अध्यक्ष ऐनुराज खत्री , जिल््ला प्रशासन कार्यालय दाङका अमरराज शर्मा लगाएको सहभागिता थियो ।

प्रकाशित मिति : २०७७ साउन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *