२०८१ माघ १२ गते शनिवार

तुलसीपुरको अम्वापुरमा गौशालाको सिलन्यास

फाइल तस्बिर

दाङ, साउन १५ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ अम्वापुरमा गौशालाको सिलन्यास भएको छ ।उपमेयर माया आचार्यलेले विहीवार गौशालको सिलन्यास गरेकी हुन । डम्पिङ साइटका लागि खरीद गरिएको खाली र बिवादित जग्गामा गौशाला निर्माण गर्न लागिएको छ । गौशाला निर्माण भएपछि बजारका छाडा चौपाया त्यहाँ लगेर राखिने र त्यसले बढ्दो सवारी दुर्घटनाको जोखिम घटाउने आचार्यले बताइन ।

सिलन्यास पछि सम्वोधन गर्दै उपमेयर आचार्यले बस्ति नजिकै अवैज्ञानिक रुपमा डम्पिङसाइट निर्माण गरि स्थानीयलाई चिढ्याउनु भन्दा गौशाला निर्माण गर्नु उपयुक्त हुने ठानेर गौशाला निर्माण गर्न थालिएको उनले तर्क गरिन । वडा नं. १३ का वडाध्यक्ष डम्वर न्यौपानेले तुलसीपुरले गौरवका रुपमा गौशाला निर्माण गर्नु वडावासी सबैका लागि खुसीको कुरा भएको बताए । तर उनले गाई राखि सकेपछि उचित व्यवस्थापन गर्न जरुरी रहेको हुँदा त्यसमा सम्बन्धित पक्षले ध्यान दिने आषा व्यक्त गरे ।

उपमहानगरपालिकाको प्रमुख शेयर रहेको तुलसीपुर गौशाला तथा सरसफाई व्यवस्थापन तथा बहुउद्देश्यीय सहकारी संस्थाको सक्रियतामा गौशाला निर्माणको काम सुरु भएको हो । सहकारी संस्थाका अध्यक्ष विरवहादुर भण्डारीले करिव ६ सय गाई अटाउने गरि गौशाला निर्माण गर्न थालिएको जानकारी दिए ।

त्यसका लागि उपमहानगरपालिकाले करिव ३ विगाहा जग्गा भाडामा उपलव्ध गराउने भएको छ । थप ३ विगाहा जग्गा सोही कित्तामै सहकारीले खरिद गरेको छ । गौशाला ७ मिटर चौडाइ र ४० मिटर लम्वाइको निर्माण गरिने र करिव ४१ लाख रुपैंया लागत मुल्य रहने अनुमान गरिएको छ । सहकारीका उपाध्यक्ष हरिहर पौडेलले सहकारीले जग्गा खरिद गर्दा करिव ८९ लाख रुपैंया खर्च गरि सकेको जानकारी दिए ।

तुलसीपुर क्षेत्रका युवाहरुले १० हजार रुपैंयादेखि एक लाख रुपैंया सहकारीमा शेयर उठाएका छन् । गौशालाबाट दूध तथा दूग्ध जन्य पदार्थ, गोवर, मुत्र लगाएका बस्तुहरु विक्रि गर्ने उदेश्य राखिएको छ ।

प्रकाशित मिति : २०७७ साउन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *