तुलसीपुर, साउन १५ । दाङको तुलसीपुरमा केलोले बगाउँदा तीन बर्षीय एक बालकको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. २ मनिकापुर निवासी घनश्याम भण्डारीका तीन बर्षीय छोरा अनमोल भण्डारीको मचैट कुलोले बगाउँदा मृत्यु भएको छ ।
बालक बुधवार बेलुका हिड्ने क्रममा उक्त कुलोमा आएको बाढीले बगाउँदा बेपत्ता भएका थिए ।
खोजी गर्ने क्रममा ती बालकको शव बुधवार राति ९ बजेतिर पोटलीस्थित कुलोमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रहरी प्रबक्ता चक्रडम्मर पालले जानकारी दिए ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा शवको पोष्ट मार्टम पछि आफन्तको जिम्मा लगाइएको पालले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ साउन १५ गते बिहिवार