२०८१ जेष्ठ १६ गते बुधवार

सल्यानमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु

सल्यान,साउन १५ । सल्यानमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यू भएको छ ।

जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर ९ गिठाचौर निवासी २० बर्षिया ललिता बोहराको मृत्यू भएको हो ।

बुधबार दिँउसो बाख्रा चराउन जङ्गलमा गएको बेला घाँस काट्ने क्रममा रुखबाट लडेर उनको मृत्यु भएको वडाअध्यक्ष इन्द्र कुमाईले जानकारी जानकारी दिए ।

बाख्रा चराउन जंगल गएको बेला घाँस काट्दै गर्दा घर नजिकैको गोठेभार जङ्गलबाट करिव २ सय ५० मिटर तल लडेर उनको मृत्यू भएको हो ।

 

 

 

प्रकाशित मिति : २०७७ साउन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *