दाङ, साउन १५ । समुदायमै कोरोना संक्रमन फैलिएपछि बाँकेमा आइतवारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।
बिहीवार बसेको जिल्ला बिपद ब्यवस्थापन समितिको बैठकले आइतवारदेखि थप कठाइका साथ निषेधाज्ञा जारी गरि लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले जानकारी दिएका छन् ।
बैठकले जिल्लामा समुदाय तहमै कोरोना संक्रमन फैलिएको निष्कर्ष निकाल्दै निषेधआज्ञा जारी गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
चारदिन अगाडि यातायात कार्यालयमा एक जना र आन्तरिक राजश्व कार्यालयका दूई जना कर्मचारीमा संक्रमन फेला परेपछि उनीहरुको कन्ट्रयाक्ट ट्रेसिङको आधारमा समुदायमा पनि नमनुमा संकलन गरेको थियो । त्यसरी संकलित नमुना मध्य बिहीवार थप २७ जनामा संक्रमन पुष्टि भएपछि बाँकेका स्थानीय प्रशासलने निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
विहीवार आन्तरिक राजश्व कार्यालयका दूई अधिकृतको सम्पर्कमा आएका मध्य नौं जनामा संक्रमित फेला परेको छ । राजश्व कार्यालयमा पुष्टि भएका संक्रमित मध्य चार जना बाँके जिल्लाका, दूई सुर्खेतका कर्मचारी रहेका छन् ।
त्यस्तै बर्दिया, अर्घखाँची, कञ्चनपुर, सर्लाही र प्यूठानका एक÷एक जना कर्मचारीमा पनि संक्रमन फेला परेको छ । प्रमुख जिल्ला अधिकारी कुरुङवाङका अनुसार राजश्व कार्यालयमा सेवाग्राहीका रुपमा पुगेका थप दूई जनामा पनि कोरोना भाइरसको संक्रमन भेटिएको छ । जिल्ला अदालतमा पनि थप एकजनामा संक्रमन फेला परेको प्रजिअ कुरुङवाङले बताए ।
त्यस्तै नेपालगन्ज त्रिभुवन चोकमा रहेको एक मिठाई पसल सञ्चालकको सम्पर्कमा आएका थप १८ जनालाई पनि बिहीवार कोरोना संक्रमन पुष्टि भएको छ । मिठाई पसलका कर्मचारी तथा कालिगढसहित १८ जनामा संक्रमन फेला परेको हो ।
ती पसल सञ्चालकको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ का १३ जना र १०, १३ र १९ नम्वर वडाका एक÷एक जनासमेत गरि १८ जनमा संक्रमन भेटिएको प्रमुख जिल्ला अधिकारी कुरुङवाङले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ साउन १५ गते बिहिवार