२०८१ माघ ३ गते बिहिवार

प्रहरी प्रधान कार्यालयका थप ९ जनालाई कोरोना संक्रमन

ona
काठमाडौं, साउन १५ । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप ९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । यो संगै नक्सालमा कार्यरत ४४ जनामा कोरोना भाइरसको संक्रमन देखिएको छ । यसअघि प्रहरी प्रधान कार्यालयमा ३५ जनामा संक्रमन फेला परेको थियो ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले विहीवार थप ९ जनामा संक्रमन फेला परेको जानकारी दिएका छन् । उनीहरु सबै यसअिघ संक्रमितहरूको सम्पर्कमा आएका व्यक्तिहरु भएको कडायतले जानकारी दिए ।
संक्रमितहरू मध्य अधिकाँस चालक, मेकानिक्स र मेसमा काम गर्ने व्यक्तिहरु रहेको पनि उनले जानकारी दिए ।

नयाँ संक्रमितलाई एपिएफ अस्पताल बलम्बुमा राखिएको कडायतले जानकारी दिएका छन् । यसैबीच संक्रमितहरू बस्ने ब्यारेक र भान्सा सिल गरिएको उनले बताएका छन् ।

प्रकाशित मिति : २०७७ साउन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *