
दाङ, साउन १५ । साईड दिन खोज्दा सल्यानमा एउटा टिप्पर दुर्घटनामा परेको छ । दुर्घटनामा परि चालक र सहचालक घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्ने रहेको स्थानीयले बताएका छन् ।
रोल्पा सिमेन्ट उद्योगवाट ढुँगा लोड गरेर दाङको तुलसीपुर तर्फ आउन लागेको लु २ख ४६१९ नम्बरको टिप्पर कपुरकोट गाउँपालिका वडा नं. ५ खालिबजार नकिजै दुर्घटनामा परेको छ ।
विहीवार विहान साढे ६ बजेतिर उक्त टिप्परले अर्कौ गाडीलाई साईड दिन खोज्दा सडकको डिल भासिएर दुर्घटनामा परेको स्थानीय गिरिराज वलीले फरककोणलाई बताए ।
दुर्घटनाग्रस्त टिप्परमा चालक र सहचालक रहेको भएपनि उनीहरुको अवस्था सामान्ने रहेको पनि वलीले बताएका छन् ।
प्रकाशित मिति : २०७७ साउन १५ गते बिहिवार