२०८१ माघ १२ गते शनिवार

नहरमा बेपत्ता किशोरीको शव फेला

दाङ,साउन १५ । रुकुम पश्चिममा नहरमा बेपत्ता किशोरीको शव फेला परेको छ ।
जिल्लाको बाँफिकोट गाउँपालिका वडा नं. १ की १७ वर्षीया कल्पना विक मंगलवार बेलुकीदेखि बेपत्ता भएकी थिइन ।

खेतमा पानी लगाउन भनेर हिँडेकी विक चिप्लिएर नहरमा खसेको हुन सक्ने अनुमान गरिएको छ ।
उनको शव बुधवार दिउँसो नवभिजन लघु जलविद्युत आयोजनाको नहरमा इन्टेकमा अड्केको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए । उनी चिप्लिएको ठाउँबाट झण्डै २ सय मिटर तल इन्टेकमा शब फेला परेको केसीले बताए ।

प्रकाशित मिति : २०७७ साउन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *