मेरो चाहाना सहमाहामन्त्रीमा उम्मेदवारी दिने छ – दीपक गिरी
तुलसीपुर, साउन १४ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री दीपक गिरीले केपी ओली नेतृत्वको वर्तमान सरकार हरेक कोणबाट असफल शिद्ध भइसकेको बताएका छन ।
वुधबार रिपोटर्स क्लव दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता गिरीले सरकार समृद्धिका सवालमा निकम्मा सावित भएको दाबी गरे ।
विश्वव्यापी कोरोना संक्रमणको समयमा आम नागरीकको ज्यान जोगाउन विश्व अघिबढिरहेका वेला कम्युनिष्ट नेतृत्वको सरकार भने कुर्सी बचाउने दौडमा लागि परेको उनले आरोप लगाए । गिरीले सरकारले बैज्ञानिक आधार विनै खोलेको लकडाउन जनताको कर अशुल्ननका लागि मात्रै केन्द्रित रहेको तर्क गरे ।
कोभिड नियन्त्रणकै सवालमा खर्वौं रुपैया घोटाला गरीरहेको सरकारले जनताको जिउज्यान जोगाउने र कोरोनाको उपचारगर्ने तर्फ कुनैपनि अर्थपुर्ण पहल गर्न नसकेको उनले बताए ।
‘फरक दृष्टिकोणका दूई कम्युनिष्टबीचको अपवित्र गठवन्धनले करीव दूई तिहाइ वहुमत भएपनि यो सरकारले अल्प संख्यक नागरीकलाई समेत संबोधन गर्न सकेको छैन,’ नेता गिरीले भने ‘ मलाइ लाग्छ, यो मुलुककै इतिहासमा निकम्मा र असफल सरकार हो ।’
फरक फरक धारका दूईवटा कम्युनिष्ट पार्टीको एकता मुलुकको समृद्धिका लागि नभएर मुलुकलाई लुट्नका लागि मात्रै उद्धत रहेको उनले आरोप लगाए । ‘कम्युनिष्टको एकताले जनतालाई झुक्यायो,’ नेता गिरीले भने ‘अव जनताले सबै बुझिसके अव जनता झुक्किने अवस्था छैन।’
उनले दशकौं पहिले सञ्चालनमा आएको टरीगाउँ विमानस्थललाई समेत समाप्त पार्ने षडेन्त्र भइरहेको भन्दै रोष प्रकट गरे । सरकारको बजेट वक्ततव्य र रातो कितावमा पनि टरीगाउँ विमानस्थलका लागि बजेट नपर्नु दुर्भाग्यपुर्ण रहेको उनले बताए ।
सरकारले किसानलाई आवस्यक पर्ने रसायनिक मल उपलव्ध गराउन समेत असफल भएको उनको भनाई थियो । उनले साथि भाइसंगको सल्लाहपछि आफु पार्टीको आसन्न महाधिवेशनमा सह–महामन्त्रीको उम्मेदवार बन्न सक्ने आसय व्यक्त गरे ।
‘यो मैले सवै साथिभाइको सल्लाहपछि काठमाडौंमा गएर घोषना गर्ने छु,’ गिरीले भने ‘मेरो मनसाय अव केन्द्रीय सदस्यबाट माथि उक्लनु हो ।’
कार्यक्रममा प्रदेश सभा सदस्य शंकर गिरीले जनजिविका र विकाश निर्माणका सवालमा प्रदेश सरकारमा खरो प्रतिपक्षिको भुमिका निर्वाह गर्ने विश्वास दिलाए ।
रिपोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण क्लवका महासचिव विमल गौतमले गरेका थिए ।
प्रकाशित मिति : २०७७ साउन १४ गते बुधवार