२०८१ बैशाख ७ गते शुक्रवार

कपिलबस्तुमा ३४ जना संक्रमित मध्य १३ जना समुदायका

कपिलबस्तु, साउन १३ । मंगलबार कपिलवस्तुमा कोरोना भाइरसका ३४ जना नयाँ संक्रमित थपिएका छन् । उनीहरु सबै शिवराज नगरपालिकाका हुन । जसमा २८ पुरुष र ६ महिलामा रहेका छन् । त्यसमा १२ जना भारतबाट आएकाहरु छन् भने अन्य ९ जना तेस्रो मुलकवाट आएकाहरु हुन ।

जिल्ला कोरोना फोकल पर्सन कुमार थापाले ४ जना दुबई, २ जना साउदी अरेबिया र ३ जना कतारबाट आएर क्वारेन्टिनमा बस्दै आएकाहरुमा कोरोना संक्रमन देखिएको जानकारी दिए ।थप १३ जना भने समुदायका व्यक्तिहरु हुन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परीक्षणका क्रममा उनीहरुमा संक्रमन फेला परेको हो ।

प्रदेश सरकारको आग्रहमा समुदायको नमुना संकलन गरि परीक्षणका लागि पठाइएको थियो । आइतबार विभिन्न क्वारेन्टिनमा बस्दै आएका र समुदायबाट समेत गरि कुल ८६ जनाको नमुना संकलन गरि परीक्षणका लागि पठाइएकोमा ३४ जनामा कोरोना संक्रमण देखिएको हो । १३ जना समुदायका मानिसहरुमा समेत संक्रमन देखिएपछि कोरोना भाइरसको संक्रमन समुदायमा समेत फैलिएको आशंका व्याप्त बनेको छ ।

प्रकाशित मिति : २०७७ साउन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *