सुर्खेत, साउन १३ । विषालु च्याउ खाँदा जाजरकोटमा एकै परिवारका चारजनाको मृत्यु भएको छ। कुशे गाउँपालिका–१ स्याँक्रीका एकै परिवारका सदस्य मध्य मंगलवार तीन जनाको र सोमवार एक जनाको मृत्यु भएको थियो ।
बिरामीमध्ये टेकबहादुर चलाउनेकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरुताको उपचारको क्रममा मंगलवार सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । टेकबहादुरकी ३ वर्षीया छोरी अञ्जनाको सोमवरा गाउँँमै मृत्यु भएको थियो।
बिरामीमध्ये एकजनाको अवस्था अझै गम्भीर रहेको र तीनजनाको अवस्था सामान्य रहेको छ । सुर्खेतमा टेकबहादुर, उनका ३० वर्षीय छोरा ललित, ३० वर्षीया बुहारी कल्पना र छोरी पशुपति चलाउनेको उपचार भइरहेको अस्पतालले प्रशानसले जानकारी दिएको छ । साउन ९ गते जंगलबाट ल्याएको च्याउ खाएका टेकबहादुर चलाउनेसहित परिवारका ८ जना सदस्य बिरामी परेका थिए। विषालु च्याउेका तरकारी खाँदा बिरामी परेका थप ७ जनालाई उपचारका लागि सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याएको थियो ।