नेपालगन्ज,साउन १३ । बर्दियाको ठाकुरबाबा नगरपालिकाको क्वारेन्टाइनमा आत्महत्या गरेका अछामका रामबहादुर साउँदको कोरोना रिपार्ट पोजेटिभ आएको छ ।
ठाकुरबाबा नगर प्रमुख घननारायण श्रेष्ठका अनुसार सोमबार साँझ ६ बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएका ती युवाको शवलाई नेपाली सेनाको टोलीले राति १० बजेतिर बबई नदीको किनारमा व्यवस्थापन गरेको थियो ।
भारतको गुराजतबाट आएर आफन्तको ठाकुरबाबा ४ सैनवारको घरमा बसेका युवालाई ४ दिन अघि क्वारेन्टाइनमा राखिएको थियो ।
उनले क्वारेन्टाइन पछाडिको रूखमा आफूले बिच्छाएको तन्नाको पासो लगाएर आत्महत्या गरेका थिए ।
प्रकाशित मिति : २०७७ साउन १३ गते मङ्गलवार