तुलसीपुर, साउन १३ । दाङको तुलसीपुरमा सोमवार कोरोना भाइरसका पाँच जना नयाँ संक्रमित थपिएका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं। १३ मा एकजना र वडा नं। १४ मा चार जना संक्रमित फेला परेका छन् । तुलसीपुर १३ का १६ बर्षीय किशोर, वडा नम्बर १४ का २४, ३१ र ३६, ३६ बर्षका युवाहरुमा संक्रमन फेला परेको छ ।
बाँकेस्थित भेरी अस्पतलामा गरिएको पिसिआर परीक्षणका क्रममा पाँच जनामा संक्रमन पुष्टि भएको तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिए ।
केसीका अनुसार उनीहरु सबै छिमेकी देश भारतवाट आएर क्वारेन्टिनमा बस्दै आएकाहरु हुन ।
यो संगै तुलसीपुर उपमहानगरपालिका भित्र मात्रै संक्रमितको संख्या ६२ पुगेको छ । जिल्लामा भने कुल संक्रमितको संख्या साढे ६ सयको हाराहारीमा पुगेको छ । तर त्यसमध्य अधिकाँस निको भएर घर फर्कि सकेका छन् ।
जिल्ला फोकल पर्सन कमल चन्दका अनुसार सोमवार थपिएका पाँच जना समेत गरि अब जिल्लाको आइसोलेनमा कुल ४४ जना संक्रमितले उपचार गराई रहेका छन् ।
त्यसमा बेलझुण्डीस्थित कोरोना विषेश अस्पतालमा आइतवार सम्म १६ जना रहेकोमा सोमवार त्यसमा थप पाँच जना थपिएपछि कुल २१ जना रहने छन् ।
जिल्लाका अन्य विभिन्न आइसोलेनमा थप २३ जनाले उपचार गराई रहेको चन्दले जानकारी दिए ।