२०८१ माघ १२ गते शनिवार

घोराहीवाट १५ किलो चरेशसहित ६ जना पक्राउ

दाङ, साउन १३ । दाङको घोराहीवाट १५ किलो चरेशसहित ६ जना पक्राउ परेको छ ।
पक्राउ पर्नेमा दुई महिला र चार पुरुष छन् । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २५ निवासी ४० बर्षीय सञ्तोष गुरुङ, सल्यान जिल्लाको बनगाढ कुपिन्डेनगरपालिका वडा नं. १२ निवासी २८ बर्षीय डिलबहादुर विक र रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नं. १० निवासी २२ बर्षीय आकाश विक, सोही ठाउँकै २२ बर्षकै जितकुमार विक, थवाङ गाउँपालिका वडा नं. ५ निवासी ४० बर्षीया कमला घर्ती र परिवर्तन गाउँपालिका वडा नं. ४ निवासी ४५ बर्षीया जुनु बुढा रहेका छन् ।
सोमवार बेलुका ६ बजेतिर प्रदेश प्रहरी व्यूरोका प्रहरी निरिक्षक प्रमोदकुमार क्षेत्रीको नेतृत्वमा गएको टोलीले घोराही उपमहानगरपालिका वडा नं. १४ नयाँ बासर्पाकस्थित रोल्पा नुवागाउँ होटेलको रुम नम्वर ६ बाट उनीहरुलाई पक्राउ गरेको हो ।
सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको तथा उनीहरुमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ साउन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *