दाङ, साउन १२ । सल्यानमा प्रहरीले अदालतबाट दोषी ठहर भइ फरार सात जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी हिरालाल भन्ने लालबहादुर शाहु, कर्तव्य ज्यान मुद्दाको शेरबहादुर बस्नेत, सवारी ज्यान मुद्दामा टेकबहादुर गिरी, लुटपिट मुद्दामा होमबहादुर बुढा, जारी मुद्दामा सुनिता बुढा, सम्वन्ध बिच्छेद मुद्दामा रेखा बुढा र सार्वजनिक मुद्दाका फरार प्रतिवादी रामबहादुर बुढाथोकी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले फरारको सूचिनमा रहेका उल्लेखित विभिन्न व्यक्तिहरुलाई खोज तलास गर्दै जाने क्रममा घरमै लुकिछिपी बसेको अवस्थामा फेला पारिएको बताए ।
पक्राउ परेका सबैलाई आवश्यक कानुनी कारबाहीको जिल्ला अदालत सल्यानमा उपस्थित गराएर तोकेको कारवाही भुक्तानिको लागि कारागार चलान गरिएको डिएसपी खतिवडाले जानकारी दिएका छन्