२०८१ जेष्ठ १५ गते मङ्गलवार

ब्राउन सुगरसहित एक युवा पक्राउ

तुलसीपुर, साउन १२ । इलाका प्रहरी कार्यालयले विभिन्न अभियोगमा तीन जना व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. ११ निवासी ३० बर्षीय कृष्ण विक लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
इप्रका तुलसीपुरका प्रबक्ता प्रहरी निरिक्षक चक्रडमर पालले तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ दूधरासवाट आइतवार दिउँसो विक ब्राउन सुगरसहित पक्राउ परेको जानकारी दिए ।
गोप्य सूचनाका आधारमा पुगेको प्रहरी निरिक्षक पाल नेतृत्वको प्रहरीले टोलीले तुलसीपुर–घोराही सडक खण्डको दूधरासवाट उनलाई ४ सय ८० मिलिग्राम प्रतिवन्धित लागु औषध ब्राउन सुगरसहित विकलाई पक्राउ गरेको थियो । त्यो बाहेक विकको साथवाट मनोदिप औषधीको ३० ट्याब्लेट ट्रामाडोल समेत बरामद भएको प्रहरीले बताएको छ।
हापुरेका एक मेडिकल सञ्चालक पक्राउ
आइतवार नै प्रहरीले पश्चिम दाङवाट एक जना मेडिकल सञ्चालकलाई पनि पक्राउ गरेको छ ।
बबई गाउँपालिका वडा नं. ४ हापुरेको प्रतिक्षा मेडिकल सञ्चालक कुशलराम केसी पक्राउ परेका छन् । केसीमाथि निषेधित औषधी (लागु औषध) ट्रामाडोल लुकिछिपी विक्रि वितरण गरेको आरोप लागेको छ ।
आइतवार केसीको मेडिकल खान तलासी गर्दा प्रहरीले १ सय ११ ट्वालेट ट्रामाडोल नामक प्रतिबन्धित ट्वालेट फेला परेको इप्रका तुलसीपुरका प्रबक्ता पालले जानकारी दिएका छन् । चोरीको अभियोगमा ४ जना पक्राउ पसलमा चोरी गरेको अभियोगमा तुलसीपुरवाट चार व्यक्ति पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ मा डिला थापाले सञ्चालन गरेको पुष्पदिप सपिङ सेन्टरमा चोरी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको इप्रकाका प्रहरी प्रबक्ता पालले जानकारी दिएका छन् ।
तर प्रहरीले पक्राउ परेका व्यक्तिहरुको नाम भने सार्वजनिक गरेको छैन । ती चोरले ताल्चा फोडी भित्र प्रवेश गरि जुत्ता, चप्पल, कपडा लगाएका सामाग्री चोरी गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ साउन १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *